Wednesday, July 1
Shadow

समाचार

सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, साउन २ सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्। बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए। यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए। सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।...
सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनधार हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको जिकिर गरेका छन् । आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनाधार हुँदाहुँदै पनि परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए । “जनताको जनादेश मेरो पक्ष थियो सर्वोच्चको परमादेश शेरबहादुर जीकोमा गयो । त्यसकारण सरकारको परमादेशको कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।” प्रधानमन्त्री ओलीले भने । त्यस्तै आफूले देश र जनताको लागि निष्ठा र इमाान्दारिताका साथ काम गरेको गरेको भन्दै आफूलाई पदबाट बाहिरिनु परेको बताए । उनले भने- “सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तिपनि चिन्ता छैन । यसकारण पनि चिन्ता छैन कि मैले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमान्दारिताका साथ काम ग...
बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको छ । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नु भएको छ । यस्तै, ओलीले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाउनु भएको छ । सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् ...
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असार २७ स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो। यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो। ...
अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

मौसम, समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु विगत केही देखिकाे अविरल वर्षाका कारण जिल्लाकाे कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । कृष्णनगर वडा नं. २ को मस्जिद रोड,नगरपालिका रोड,बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो ।अवैध अतिक्रमणका कारण पानी निकासको लागि नाली निर्माण हुन नसकेकाेले बजार क्षेत्र डुबानमा परेको नगरपालिका स्राेतले जनाएको छ । बर्सेनि डुबानमा पर्ने गरेकाेले ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो । शिवविडी फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताउनु भएको छ । स्थानीय तह निर्वाचनपछि सुरुको तीन वर्षमा सडक विभागले ठेक्का गरेकाे कृष्णनगर बजारभित्रकाे ८ किलाेमिटर बाटाे र नाला तथा कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे २० किलोमिटर बाटाे बना...
एन.आर.एन.ए अष्ट्रेलिया ताजमनियाका उम्मेदवारको घोषणा

एन.आर.एन.ए अष्ट्रेलिया ताजमनियाका उम्मेदवारको घोषणा

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
काठमाण्डौँ, असार २२ एनआरएनए अस्ट्रेलियाको चुनाब नजिकिँदै जाँंदा विस्तारै प्रत्यासीहरुको चर्चा र गतिविधि बढ्दै गएको छ । आउँदो जुलाई ३१ तारिखका दिन सम्पन्न हुने निर्वाचनका निम्ती उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसैबीच अस्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादी नेपालीहरुले ताजमेिनया राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजकसहितको उम्मेदवारी घोषणा गरेका छन् । लोकतन्त्रवादीहरुले एनआरएनको ताजमेनिया संयोजकसहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको स्टेरिङ कमिटीका राजय संयोजक रमेश श्रेष्ठले जानकारी दिए । समूह घोषणा समारोहमा जानकारी दिइए अनुसार ताजमनिया स्टेटको संयोजक पदमा राकेश शाक्यले उम्मेदवारी दिएका छन भने उप संयोजकमा जगदीश खड्काले उम्मेदवारी दिएका छन । यसैगरी नारी निकुन्जको ताजमनिया संयोजकमा प्रनिता पन्त राई, नारी निकुन्जको उप संयोजकमा आरजु रिजाल रजाक,नारी निकुन्जको सदस्यमा रूपा गुरू...
डा. दंगालद्वारा भर्चुअल कक्षाको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न

डा. दंगालद्वारा भर्चुअल कक्षाको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न

शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असार २१ त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारी पछि अर्थतन्त्रमा पारेको प्रभाव लगायत अन्य विषयहरुका बारे बाह्य स्रोत व्यक्ति सहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका डा.दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दी यता हाल सम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी युट्युव र सामाजिक सञ्जालमा समेत शेयर गरेर हाल सम्म १०० वटा यस्ता निःशुल्क कक्षा सञ्चालन गरिसकेका छन् । नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा पारेको प्रभावबारे हाल सम्म राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका ...
मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

शिक्षा, समाचार, समाज, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु अषाढ २० कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान इम्बार्क इन्टरनेशनलका संचालक मिर्जा राशिद बेग लगायत रहनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेगले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाड...
मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

समाचार, समाज, स्वास्थ्य
नमस्कार, म सुनिता कुमारी सहकारी, जन्म वि-स- २०५४ साल नेपालको दुर्गम जिल्ला भनेर चिनिने कालिकोटको नरहरीनाथ गाउँ पालिकामा जन्म लिए पश्चात् सानै उमेर देखि म अरुको सेवा गर्नुपर्छ भन्ने भावना जागृत भएर आउथ्यो । जब म कक्षा ८ मा अध्ययन गर्ने भए त्यतिबेला गाउँमा उपचार नपाएर, उपचारका गर्नका लागि सुर्खेत वा नेपालगन्ज लैजानुपर्ने, सामान्य सिटामोल समेत गाउँमा नपाइने अबस्था लाई नजिकबाट नियालेको थिए । मेरो मनमा अनेकौं कुराहरु खेल्थे, म जसरी भएपनि नर्सिङ पढ्नुपर्छ र बिरामीको सेवा गर्नुपर्छ भन्ने मनमा सोच्थे। दिन बित्दै गए मैले गाउँको जनता माध्यमिक विद्यालयबाट २०६५ सालमा एस-एल-सी- दिए मेरो मनमा अब रिजल्टको पिरलो हुन लाग्यो त्यतिबेला रिजल्ट आउनपनि केही महिना ढिलो हुन्थ्यो, मनमा नर्सिङ पढ्न पाउछु कि पाउदिन, कतै फेल हुने त होइन जस्ता कुराहरु बादल मडारिए जस्तै खेलिरहेका हुन्थे । प्रतिक्षाको फल मीठो हुन्छ भ...
काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असार १५ काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन । काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर-बिजोर प्रणाली अनुसार नै सञ...