Sunday, May 5
Shadow

सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाण्डौँ, असार २९
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनधार हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको जिकिर गरेका छन् ।

आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनाधार हुँदाहुँदै पनि परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए ।

“जनताको जनादेश मेरो पक्ष थियो सर्वोच्चको परमादेश शेरबहादुर जीकोमा गयो । त्यसकारण सरकारको परमादेशको कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।” प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै आफूले देश र जनताको लागि निष्ठा र इमाान्दारिताका साथ काम गरेको गरेको भन्दै आफूलाई पदबाट बाहिरिनु परेको बताए ।

उनले भने- “सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तिपनि चिन्ता छैन । यसकारण पनि चिन्ता छैन कि मैले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमान्दारिताका साथ काम गरेको छु ।”

त्यस्तै सर्वोच्च अदालतको फैसलाले राज्यको तीन अंगबीचको सन्तुलनलाई खल्बल्याएको जिकिर गरेका छन् ।

“लोकतन्त्रका आधार स्तम्भका तीनै अंगबीच समन्वय हुन सकेमा मात्रै र सबै आ(आफ्नो सीमाभित्र मर्यादीत र संयमित रहन सके मात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशिल हुन्छ ।” ओलीले भने- “लोकतन्त्रका आधार स्तम्भका रुपमा रहेका राज्यका तीन अंगबीचको सन्तुलन सर्वोच्च अदालतको यस फैसलासँगै नराम्रोसँग अल्मलिन पुगेको छ । क्षणिक रुपमा खुसीयाली भएपनि दीर्घकालमा यसले असर गर्छ ।”

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares