Thursday, April 18
Shadow

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक


  • -इ
  • इ+

काठमाण्डौं, साउन १७
विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् ।

तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ ।

भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् । तिवारिको यस प्रेरणाले गर्दा समाजमा कृषि तथा पशुपालन माथि सकरात्मक सोच र गाउँ टोलका अन्य मानिसहरु पनि आकर्षित भएको देखिन्छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares