Thursday, March 28
Shadow

सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग


  • -इ
  • इ+

काठमाण्डौँ, साउन १७
मानव विकास केन्द्र नेपालले शुक्रबार गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्राप्त भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन डेनमार्कको आर्थिक सहयोगमा मानव विकास केन्द्र नेपालले गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । यि सामाग्री गाउँपालिकाका सबै ५ वटा स्वास्थ्य संस्था र शव व्यवस्थापनमा खटिरहेको नेपाली सेनाको नरसिंह दल गणलाई समान रुपमा सहयोग गरिएको मानव विकास केन्द्रका उपाध्यक्ष लोकमणि गिरीले जानकारी दिनुभयो ।

ग्लोब्स, अक्सीमिटर, पिपिई सेट, मास्क, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष कुमारी बराललाई हस्तान्तरण गरिएको छ । मानव विकास केन्द्र नेपालका अध्यक्ष नारायण रिजालले आज सामाग्री हस्तान्तरण गर्नुभयो । हाल डेनमार्कमा रहनुभएका संस्थाका उपाध्यक्ष लोकमणि गिरीको पहलमा सहयोग प्राप्त भएको हो । थोरै मात्रामा भएपनि दुर्गमका स्वास्थ्य स्वास्थ्यलाई सहयोग पुगोस र स्वास्थ्यकर्मीको मनोबल बढाउन तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा टेवा पुगोस भन्ने उद्ेश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।

यो संस्थाले विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहेको छ । त्यस्तै कोरोना भाइरसको तेस्रो लहरको पूर्वतयारीका लागि के गर्न सकिन्छ भनेर छलफल समेत भइरहेको उपाध्यक्ष गिरीले बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares