Saturday, May 18
Shadow

धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा


  • -इ
  • इ+

काठमाडौं, कार्तिक २३
लक्ष्मण श्रेष्ठ

नेपाल विद्यार्थी संघमा सक्रिय रुपमा राजनीति गर्दै आएको विद्यार्थी नेता प्रदीप जंग शाहले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २९(क)बाट प्रदेश प्रतिनिधि ९खुल्ला तर्फ० को उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ, जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं। १ मैदी , रातमाटा निवासी हुन् । नेपाल विद्यार्थी संघ धादिङ ( काठमाडौ सम्पर्क समितिका सदस्य समेत रहेका शाह धादिङ देखि काठमाडौ सम्म पढ्न आएका विद्यार्थीहरू बिच लोकप्रिय रहेका छन्। उनेले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका हुन् ।

नेता शाह नेपाल विद्यार्थी संघ ग्रामीण क्याम्पसका चर्चित तथा जुजारु नेता हुन् । नेता शाह नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब(शहरी बिकास मन्त्री अर्जुन नरसिंह के।सि र केन्द्रिय सदस्य प्रदीप पौडेल निकट हुन् भने भातृ संगठन नेपाल विद्यार्थी संघको निबर्तमान केन्द्रिय सदस्य सदस्य सुशील भट्ट हुन । बिभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका विद्यार्थी नेता शाह त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुखदुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

खुल्ला तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै शाहले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् ।

उनले खास गरी नेपाली कांग्रेसको संगठनलाई परिवर्तित सन्दर्भमा यूवा र आम नागरिकको भरोसाको केन्द्र बनाउने सन्दर्भमा आफुले भुमिका खेल्ने बताउदै निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा बलियो जनमत निर्माण गरि सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लागि पर्ने समेत बताउनुभयो। साथै उनले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेसंगै पार्टीका नेता र कार्यकर्तासंग भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares