Tuesday, June 30
Shadow

समाचार

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

Uncategorized, ब्यानर समाचार 2, समाचार
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विक...
कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

ब्यानर समाचार 2, समाचार
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक रमेश रावल बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले  ४ प्रतिशत मात्र लाभांश बाड्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४ प्रतिशत मात्र लाभांश बाड्ने

ब्यानर समाचार 2, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।  ...
शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

ब्यानर समाचार 2, समाचार
 शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बोधमायाकुमारी यादवले  शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गर्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरह...
सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । दसैँ नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजदेखि सुरु भएको बजार अनुगमन गरी पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर...
काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । चाडपर्वको समयमा देशको  राजधानी काठमाडौँको लाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न...
भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट

भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट

ब्यानर समाचार 2, समाचार
सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ । सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ ।   वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । स...

चाडपर्वलाई लक्षित गरि सडक मर्मतसम्भार गरिने

ब्यानर समाचार 2, समाचार
 दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राससलाई जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मन्त्री इस्तिहाक राई सहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानि...
The relationship between Gulf countries and Nepal should be strengthened – Dr. Siddiqui

The relationship between Gulf countries and Nepal should be strengthened – Dr. Siddiqui

समाचार
Kathmandu- Dr. Salahuddin Akhtar Siddiqui, the founder of the non-governmental organization called The Mother Foundation, which has been working in various dimensions of international relations for the past five years, has said that since millions of Nepalese youth are staying in the Gulf countries for foreign employment, the relationship between Nepal and the Gulf countries should be strengthened and strengthened. He said that the Foundation believes that the relationship between India and China should be the same with the Gulf countries as Nepal has. He also claimed that the one-day workshop program on 'Nepal-GCC relations and cooperation: global geo-political change challenges and possibilities' will be the first attempt to strengthen the relations between Nepal and Gulf countrie...
संविधान दिवसका अवसरमा नौ सय ९८ जना ककसले पाउँदैछन् विभूषण

संविधान दिवसका अवसरमा नौ सय ९८ जना ककसले पाउँदैछन् विभूषण

ब्यानर समाचार 2, समाचार
राष्ट्रपति  भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथ...