Monday, October 26
Shadow

समाचार

आज सूर्य ग्रहण लाग्दै, के गर्न हुन्छ, के गर्न हुँदैन ?

आज सूर्य ग्रहण लाग्दै, के गर्न हुन्छ, के गर्न हुँदैन ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ- कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५स्२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खा...
ओलि प्रती घनश्याम भुसालको कटाक्ष :ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हँसाईरहेका छन्

ओलि प्रती घनश्याम भुसालको कटाक्ष :ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हँसाईरहेका छन्

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने । अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको...
काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मत...
काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीतिक दल तथा स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट सर्वेन्द्र खनाल, कांग्रेसबाट भीमसेनदास प्रधान, जसपा नेपालबाट मनोज आचार्य, राप्रपाबाट विष्णुप्रसाद आचार्य, नेमकिपाबाट सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीबाट मुकुन्द सिलवाल, राप्रपा नेपालबाट महेश्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रसाइली उम्मेदवार छन् । यस्तै विवेकशील साझा पार्टीबाट अजित खड्का, एकीकृत शक्ति नेपालबाट काजी कार्की, नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार छन् । स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल, दीपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इ...
काठमाडौँ–६ मा एमालेको तर्फबाट  गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

काठमाडौँ–६ मा एमालेको तर्फबाट गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका सर्वेन्द्र खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे । समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो । अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले...
पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका भीमसेनदास  प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए । अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ ।  प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम...
नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो । राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ...
दशैँ बिदाको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

दशैँ बिदाको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

ब्यानर समाचार 2, समाचार
दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो । दशैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । ...
पर्यटकको नयाँ गन्तव्य: गिडिदह

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

Uncategorized, ब्यानर समाचार 2, समाचार
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विक...
कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

ब्यानर समाचार 2, समाचार
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक रमेश रावल बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो । ...