Friday, April 19
Shadow

पर्यटकको नयाँ गन्तव्य: गिडिदह


  • -इ
  • इ+

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ ।

सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विकासका लागि विस्तृत डिपिआर बनाइ कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताउनुभयो ।

तातोपानी गाउँपालिकाबाट पैदल चार दिनमा गिडिदह पुगिने अध्यक्ष चौलागाईंले बताउनुभयो ।  गिडिखोला गाउँ हुदै फुलचाले पाटन, लामाचौरसम्म सड्क र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ भन्नभयो । बाटो निर्माण पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares