Thursday, April 18
Shadow

काठमाडौँ–६ मा एमालेको तर्फबाट गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल


  • -इ
  • इ+

हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका सर्वेन्द्र खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे ।

समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो ।

अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले उक्त आरोपको कुनै तुक नरहेको उनको जिकिर छ ।

गैर राजनीतिक क्षेत्रबाट राजनीतिमा आएर पनि विश्वका विभिन्न देशलाई अगाडि बढाउनेहरुको धेरै उदाहरण रहेको बताउँदै उनले आफू सोही रुपमा अघि बढ्न लागेको बताए । खनालले आफू यही क्षेत्रको बासिन्दा रहेकाले काठमाडौँ–६ का जनताले आफूलाई उपयुक्त उम्मेदवार पाएको दाबी गरे ।

उनले भने, ‘क्षेत्र नम्बर ६ सँग परिचित छु, उत्कृष्ट बनाउनुपर्छ भनेर लागेको छु । प्रहरीमा बस्दा काठमाडौँ–६ लाई सेवा गरेको छु । जहाँ प्रतिभा त्यहाँ अवसर, मैले युथलाई फोकस गरेको छु, काठमाडौँमै पानीको समस्या छ, स्कुल जाने बाटोघाटोको समस्या छ, समन्वय छैन् । त्यो त इम्लिमेन्ट गराउन सकिन्छ, म सक्छु ।’

काठमाडौँका खोलालाई सौन्दर्यीकरण गरेर आसपासमा बस्न सक्ने बनाउन आफूलाई जिताउन पनि उनले आग्रह गरे । सो क्षेत्रमा जित हासिल गर्न कठिन नभएको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares