Tuesday, June 30
Shadow

समाचार

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा विस्तृत छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा व्यापक छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।...
निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

ब्यानर समाचार 2, समाचार
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । ...
जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

ब्यानर समाचार 2, समाचार, समाज
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ ।  थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।  थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविव...
कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

ब्यानर समाचार 2, समाचार
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित अविरल वर्षापछि आएको बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ   ।  तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरि  सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । बाढीले पुल बगाएपछि त्यहाँको स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीले नदी किनारका बस्तीमा समेत क्षति  पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुहरू पनि  बगाएको छ ।   बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् । ...
प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
काठमाडौँ :  मिति २०७९।०५।३१ शुक्रबारका दिन प्रेस काउन्सिल नेपालको प्रागणमा भएको "पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम" अनलाइन सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिमसहित प्रमाणपत्र वितरणपश्चात सम्पन्न भयो। उक्त कार्यक्रम को अध्यक्षता प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन' सञ्चालकद्वय रामशरण बोहोरा र झविन्द्र भुसालले  गर्नुभएको थियो। दुई चरणमा भएको कार्यक्रममा २७ संस्थाले भाग लिएका थिए। जिल्ला बाहिर रहनुभएका पत्रकार साथीहरू अनलाइन मार्फत जोडिनु भएको थियो। विषयविज्ञ हरि प्रसाद जोशी(प्रेस काउन्सिलका सदस्य)ले नकारात्मक/भ्रामक समाचार बनाएर आफ्नो ग्राहक बनाउनु भन्दा   सत्य तथ्यमा आधारित समाचार, स्वस्थ र जिम्मेवारपुर्ण समाचार सम्प्रेषण गरी  समाजलाई सकारात्मकतातर्फ अगाडी बनाउने मिसन पत्रकारिता हुनुपर्छ भन्नेमा जोड दिनुभयो साथै गोप्य स्रोतको संरक्षण ...
प्रतिनिधिसभा:  वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभा: वार्षिक प्रतिवेदन पेश

ब्यानर समाचार 2, राजनिती, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले सो प्रतिवेदन पेश गर्नुभएको हो ।यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गर्नुभयो । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्नेगरी स्थगित भएको छ । ...
बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

ब्यानर समाचार 2, समाचार
झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।” कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थ...
कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृर्षि, ब्यानर समाचार 2, समाचार
सुदूरपश्चिम, ३१ भदौ ९  : कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानका कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट बञ्चित भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नीति तथा कार्यक्रम कार्यान्वयन तथा समन्वय गर्न धनगढीमा बिहीबार आयोजित छलफलमा सहभागी कृषक प्रतिनिधिले टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक र साना किसान बञ्चित भइरहेको गुनासो गरेका छन् । “टाठाबाठाले मात्र अनुदान तथा सहुलियत पाए तर वास्तविक किसानले पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “कागजी प्रक्रिया सबै मिलाउने तर फिल्डमा हेर्दा तोकिएको मापदण्ड पूरा नगर्नेले पनि सहुलयित पाइरहेका छन् ।” कतिपय कार्यक्रममा दोहोरोपना देखिँदा यसको फाइदासमेत टाठाबाँठा किसानले लिइरहेको पनि कृषकको भनाइ थियो । वास्तविक र खासगरी साना किसानमा जागरुकताको कमी हुँदा प...

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजना

ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ । सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् । त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । सांसद डिला सङ्ग्रौला पन्तले संसद्को पाँच व...