Sunday, June 28
Shadow

समाचार

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...
लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, मंसिर ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरको विद्यालयमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शैख अब्दुल रसिद मदनीको अध्यक्षता र UKAID को आर्थिक सहयोग VSO र International Alert को सहकार्य र माहुरी होम द्वारा संचालित सहज परियोजना अन्तर्गत कोभिड-१९ तथा लैंगिक हिंसा बिरूद्ध धर्मगुरु हरू संग छलफल कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र रामजी पाठक रहनु भयो। विशिष्ट अतिथिमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी रहनुभयो। कार्यक्रममा बोल्दै मौलाना मसहूद खां नेपालीले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान सरीफमा महिला लाई धेरै अधिकार दिएको बताउदै त्यस्को एउटा अध्यायमा (सूरह निसा ) महिला अधिकारको ब्याख्या गरेको जिक्र गर्दै आमाको खुट...
बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष ४ बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन आएको छ । शनिवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । उक्त फुटसल युवा दिपेन्द्र कुमार क्षेत्रीले संचालनमा ल्याएका हुन् । पछिल्लो समय खेलाडि तथा युवाहरुको रोजाईमा पर्न थालेको छ फुटसल । सोहि कुरालाई मध्येनजर गर्दै फुटसल संचालनमा ल्याएको संचालक क्षेत्रीले बताए । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पछिल्लो समय युवाहरु अन्य आय मुलक व्यवसाय गरिरहदाँ फुटसल संचालनमा ल्याउनु राम्रो कार्य भएको उनले बताए । साथै कार्यक्रमका विशेष अतिथिहरु काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, फुटबल प्रशिक्षक राजु शाक्य, अतिथिहरु अधिवक्ता ईन्द्र अर्याल, जापान सितेरियो करातेका अध्यक्ष माधव राज थापाले युवा वर्गको लागि सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।...
२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ४ पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ ।...
आज काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

आज काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, पुष ४ आज (शनिबार) काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो। यी हुन् बिजुली जाने क्षेत्र : बालाजु ‌औद्योगिक क्षेत्र १, बालाजु ‌औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर...
नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

मौसम, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष ३ नेपाली कांग्रेसको भातृ संगठन नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि कोपिला देवकोटाको अध्यक्षतामा गठन भएको छ । शुक्रवार नेपालटारमा आयोजित लैंगिक हिंसा तथा उत्पिडन विरुद्धका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमको विच उक्त कमिटि गठन भएको हो । वातावरण तथा सरसफाई क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितमा काम गर्ने उदेश्यका साथ गठन भएको उक्त कमिटिको उपाध्यक्षमा चम्पा अर्याल अछामी, सचिवमा माधव तिमिल्सीना, कोषाध्यक्षमा संगिता ज्ञवाली, सदस्यहरुमा सविना मालाकार, भुवनेश्वरी खतिवडा, तृष्णु ठकुरी, सीता मगर, रुपा शर्मा, रोशनी ढकाल, शोभा राना, मीरा वस्नेत, शशी देवि भट्ट चयन भएका छन् । कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर नगर सभापति राम थापा, तारकेश्वरका वडा अध्यक्ष मनोहरी तिवारी, संघका केन्द्रिय महा सचिव चन्द्र घिमिरे, कार्यक्रको प्रशिक्षक तथा नेपाल पत्रकार म...
एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष ३ गृह मन्त्रालयले एकैसाथ १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरका प्रजिअ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । मन्त्रालयले ललितपुरको प्रजिअको रुपमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मेवारी दिएको छ । सरुवाहुने अन्य प्रमुख जिल्ला अधिकारीहरु यस प्रकार रहेका छन् । ...
तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

शिक्षा, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली काठमाण्डौ, भौगोलिक रुपमा विगत रहेको बाग्लुङ तमानखोलाका ६ वटै वडा कार्यालय , स्वास्थ्य संस्था,र सामुदायीक बिद्यालयमा अब अनलाईन मार्फत काम हुने भएका छन । नेपाल सरकारले घटना दर्ता अनिवार्य अनलाईन दर्ता गर्नुपर्ने नियम पारित गरे संगै आफुहरुले उक्त नियम अनुरुप पहिलो खण्डमा प्रत्येक वडामा आबश्यक पर्ने मेसेनरि सामान वितरण गरिसकिएको र दोस्रो खण्डमा इन्टरनेट सुविधा पु¥गाउन तार तान्ने काम सम्पन्न गरेको प्रभात लामिछानेले जानकारि दिनुभयो । भौगालिक रुपमा तमानखोलाका प्रत्येक वडा केन्द्र देखि निक्कै टाढा पर्ने र भिन्नाभिन्नै ठाउमाँ तार तान्नुपर्ने भएकोले सोचेभन्दा केहि ढिला हुन पुगेको अधिकृत लामिछानेले जानकारि दिनुभयो । हाल सबै वडामा इन्टरनेट सुविधा पु¥याई सकिएको र अब तत्काल कामहरु अनलाईन मार्फत दर्ताहुने उहालँले बताउनु भयो । अधिकृत लम्सालका अनुसार कार्यालय सचिव हरुलाई अन्लाइन दर्...
पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ३ पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन्। आज १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।...
घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

आर्थिक, समाचार, स्थानिय तह
ललित संज्याल/काठमाण्डौँ, पुष ३ घोडाघोडि नगरपालिका वडा नं १ मा रिङरोड निर्माण हुने भएको छ। करीब १२ कि मि निर्माण हुन लागेको रिङरोड २ करोड ७२ लाख भएता पनि भ्याट सहित ४०५ वेलो अर्थात् १ करोड ५८ लाख मा रेखा निर्माणका सञ्चालक जनक बहादुर शाही सँग ठेक्का सम्झौता भएको छ । गत पुष महिनाको अन्तिम शुक्रबार सम्झौता गरिएको रिङरोड पहिलो चरणमा ३.५६ किमी लम्बाई र चौडाई ५.५ मि मात्र कालो पत्रे हुने भएको छ बाकि निर्माण कार्य आगामि आ । ब। मा हुने नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले बताए। वडा नं १ का अध्यक्ष मनराज शहिको पहलमा ल्याइएको आयोजनाले १ नम्बर वडाबासि र सेबाग्राहिहरु ह्र्सित भएका छन् ।...