Thursday, April 25
Shadow

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ५
ताजा जनादेशक‍ो नाममा सरकारले सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास भएको नेकपा केन्द्रिय सदस्य एवम् नुवाकोट प्रतिनिधिसभा १ का सांसद हित बहादुर तामाङले बताए ।

आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। सो पश्चात नेकपा तथा प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले त्यसको विरोध जनाएका छन् ।

सरकारको त्यस्तो प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलकुलाई अस्थिरता तर्फ धकलेको छ। सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं, भनि सामाजिक संजाल फेसबुक मार्फत सांसद तामाङले आफ्नो धारण व्यक्त गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares