Sunday, June 28
Shadow

समाचार

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

आर्थिक, जिवनसैली, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो। यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक क...
यथास्थितिमा कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

यथास्थितिमा कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको उनको भनाइ थियो । नेता केसीले भने, ‘संवैधानिक परिषद्मा छ जनाको व्यवस्थासहित चार जनाको कोरम पु¥याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्यमान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।’ पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष...
अध्यादेश विवाद : संसदको विशेष अधिवेशन माग्दै शीतलनिवास पुगे नेकपा सांसद

अध्यादेश विवाद : संसदको विशेष अधिवेशन माग्दै शीतलनिवास पुगे नेकपा सांसद

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेताहरूले संसद्को विशेष अधिवेशन माग गरेका छन्। नेकपा सांसदहरु बैठकको माग गर्दै राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन्। हस्ताक्षरसहितको निवेदन लिएर नेकपा सांसद भीम रावल, पम्फा भुसाल लगायतको टोली राष्ट्रपति कार्यालय पुगेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल बीचको दूरी बढिरहेको बेलामा ओलीले एकलौटी अध्यादेश ल्याएपछि विवाद झन् बढिरहेको छ।...
अब भाइबरबाटै पैसा पठाउन सकिने

अब भाइबरबाटै पैसा पठाउन सकिने

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ अब भाइबरबाटै पैसा पठाउन र रिचार्ज गर्न सकिने भएको छ। भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाउँनेछन्। यस्तै ५० रूपैयाँ ट्रान्सफर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ।...
नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ । सवैधानिक परिषद्को काम कर्तव्य संम्वन्धी ऐनमा संशोधन गर्न बनेको अध्यादेश...
आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

समाचार, समाज, साहित्य/कला
जसिन्द्र श्रीपाली लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ प्रति युवाहरुको आर्कषणता ह्वाट्टै बढेको छ । दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनबारे केन्द्रित रहेको जात वाता प्रकाशन भएको १ महिना नबित्दै २ हवार प्रति बिक्रि भैसकेको छ । बेला पब्लिकेसन मार्फत प्रकाशन भएको ‘जात वार्ता’ पुस्तक  प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ। पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायत सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ। के बर्ण ब्यबस्थाको आरम्भदेखि नै छुवाछुत प्रथा सुरु थियो वा थिएन भन्ने बारे बहश उठिरहेको सवालमा लेखक आहुतिको पुस्तकले स्पष्ट पार्ने बेला पब...
थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ३० पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्। आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।...
भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ३० भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका स...
सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ३० सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।...
शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २९ शिखर इन्स्योरेन्सले ‘अटो प्लस’ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरेको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन्। शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए। कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना शिखर इन्स्योरेन्सले अटो बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको बताए। उनले यसअघि नेपालमा नरहेको बीमा योजना उक्त कम्पनीले सार्वजनिक गरेको जानकारी दिए। त्यसैगरी, कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्...