Friday, April 26
Shadow

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज


  • -इ
  • इ+


काठमाणडौँ, पुष ६
पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश लाइन डिजाईनमा उपलब्ध रहेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए ।

फोनमा क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रयाग्न ७३२ जी राखिएको छ । एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको कोठारीले बताए ।

फोन क्रायो ४७० अक्टा कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । फोनमा ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले राखीएको छ ।

फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रा—वाइड एंगल क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल डेप्थ सेन्सर समावेश छन् ।

यसले ३० वाट फास्ट चार्जिङ्गलाई सपोर्ट गर्दछ जसले ३० मिनेटमा ६२ प्रतिशत सम्म चार्ज हुन्छ । पोको एक्स ३ एनएफसी ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ ।

नेपालीमा बजारमा पोको एक्स ३ एनएफसी ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर डराज डट कम र सस्तो डिल मार्फत उपलब्ध हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares