Tuesday, April 23
Shadow

अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ५
डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो ।

लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको ‘मोबाईल मनि’ नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् ।

कार्डबिनै कसरी झिक्ने ?
यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै ‘कार्डलेस विथड्र’ भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ ।

त्यसपछि ‘कन्फर्म’ गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा ‘कार्डरहित’ भन्ने अप्सनमा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ । त्यसपछि ओटीपी कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि नगद प्राप्त गर्न सकिन्छ । यो सुविधाका सबैभन्दा महत्वपुर्ण फाईदा एटीएम कार्ड बोक्नु नपर्ने हो ।

साथै नेपालभर लक्ष्मी बैंकको एटीएमको माध्यमबाट पैसा पठाउन पनि सकिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares