Sunday, June 28
Shadow

समाचार

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाणडौँ, पुष ६ पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश लाइन डिजाईनमा उपलब्ध रहेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । फोनमा क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रयाग्न ७३२ जी राखिएको छ । एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको कोठारीले बताए । फोन क्रायो ४७० अक्टा कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । फोनमा ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले राखीएको छ । फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रा—वाइड एंगल...
पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाणडौँ, पुष ६ पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।...
संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन्। उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन्।...
प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पार्नुभएको छ। उहाँले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि अनुरोध गरेका छन् । यस्तै प्रचण्डले पार्टी एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताउनुभएको हो । प्रेस वक्तव्य: ...
कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ६ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्। आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको...
सात मन्त्रीले दिए राजिनामा

सात मन्त्रीले दिए राजिनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ संसद विघटन प्रति असन्तुष्टि जनाउदैँ एकै साथ सात मन्त्रीले  राजिनामा दिएका छन् । आईतवार एक विज्ञप्ति जारी गर्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगरले राजिनामा दिएका छन् । ...
संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७...
अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ५ डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको 'मोबाईल मनि' नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् । कार्डबिनै कसरी झिक्ने ? यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै 'कार्डलेस विथड्र' भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ । त्यसपछि 'कन्फर्म' गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा 'कार्डरहित' भन्ने...
बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।...
संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ ताजा जनादेशक‍ो नाममा सरकारले सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास भएको नेकपा केन्द्रिय सदस्य एवम् नुवाकोट प्रतिनिधिसभा १ का सांसद हित बहादुर तामाङले बताए । आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। सो पश्चात नेकपा तथा प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले त्यसको विरोध जनाएका छन् । सरकारको त्यस्तो प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलकुलाई अस्थिरता तर्फ धकलेको छ। सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं, भनि सामाजिक संजाल फेसबुक मार्फत सांसद तामाङले आफ्नो धारण व्यक्त गरेका छन् । ...