Sunday, June 28
Shadow

समाचार

एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने

एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने

टिप्स, समाचार
काठमाण्डौँ, पुष ७ कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ। सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले १५ पुसपछि खुल्ने भएको हो। कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ। सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए। उनका अनुसार सात वटै प्रदेशमा एकैपटक ...
अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो। गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो। लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए। यसअघि मन्त्रिपरिषद बैठक...
योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय  स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौ,पुस ७ योगदान रास्ट्रको लागि सस्थाको आयोजनामा प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा पहिलो लटको प्राथमिक उपचार तालिम राजधानीमा समपन्न भएको छ । प्राथमिक उपचार समबन्धी ज्ञान र सीप देसका हरेक नागरिकलाइ पुगोस भन्ने उद्देश्यका साथ योगदान रास्ट्रका लागि सस्थाले १० दिने प्रथम रास्ट्रीय स्यमसेबक भेला आयोजना गरेको हो । उक्त कार्यक्रम का प्रशिक्षक तथा सस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक भरका सबै स्थानिय तहसम्म प्रथामिक उपचार सम्बन्धि तालिमको पहुँच पुग्ने कुरा बताउनु भयो । पौष १ गते देखि संचालन गरिएको तालिममा नुवाकोट जिल्ला को ककनी गाउँपालिका ,लिखु गाउपालिका,तादी गाउँपालिका बाट ५ जना स्वयंसेवकहरुलाई प्राथमिक उपचार समबन्धी तालिम दिइएको छ । पहिलो चरणको तालिम आइतबार समपन्न भएको र दोस्रो चरणकाे तालिम पौष ६ सोमबार बाट १० गते सम्म संचालन गरिने कुरा योगदान रास्ट्रको लागि टिम नुवाकोट को अध्यक्ष...
पशुपति क्षेत्र खुलेसँगै बढ्यो चहलपहल

पशुपति क्षेत्र खुलेसँगै बढ्यो चहलपहल

समाचार, समाज
काठमाडौं , पुस ७ । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ । हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए । मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन...
कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न :  पूर्वराजा शाह

कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न : पूर्वराजा शाह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ । देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । भने विभिन्न  राजनीतिकदल नै तरंगीत भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेताहरु सडकमै आएका छन् । यसैबीच संसद्‌ विघटन भइसकेपछि त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति आएको छ ।पूर्वराजा शाहले सामाजिक सञ्जालमा जनताको मतको कदर नगर्ने नेताहरूबाट केही पनि आशा गर्न नसकिने टिप्पणी गरेका छन् । उनले लेखेका छन्,  जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्याव...
कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं , पुस ७ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ११ हजार संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ४ लाख ६९ हजारले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ५ करोड ४५ लाख ६१ हजार पुगेको छ । त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ । हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेका छन् भने एक लाख ६ हजारबढीको अवस्था गम्भीर रहेको वर्ल्डो मिटरले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।...
निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्तसहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए ।छलफल लगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएकोमा आयोगले आन्तरिक तयारी समेत थालिसकेको छ । प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ । निर्वाचनका लागि अर्बौ रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचन आयोगले मध्यावधी निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो । यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख...
३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...
कस्तो रहला आजको मौसम ?  यस्तो छ पूर्वानुमान

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार 2, मौसम, समाचार
काठमाडौं , पुस ७ । अहिले देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ७ गते (मंगलबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशम...
सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ :  पुस ८ र १० गते सुनुवाई हुने

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ : पुस ८ र १० गते सुनुवाई हुने

ब्यानर समाचार, समाचार
काठमाडौ , पुस ७ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् । उनले साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ यही पुस ८ गते र संवैधानिक इजलासमा परेको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।    ...