Friday, April 19
Shadow

बढ्न थाले पर्यटक, ५ महिनामा आए ६ हजार विदेशी नेपाल


  • -इ
  • इ+

काठमाडौँ, पुस ८ । नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् । कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ ।

चालु आर्थिक वर्ष २०७७र७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार ५ महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् ।

टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् ।

राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares