काठमाडौं , पुस ९ । ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
जीपका चालक राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।