Thursday, March 28
Shadow

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


  • -इ
  • इ+

 

काठमाडौं, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

३१ वर्षीय धनबहादुर उभरकोटीले बुधबार राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयबासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए ।

धनबहादुरले मादकपदार्थ सेवन गरी घर आएको स्थानीयबासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares