Friday, March 29
Shadow

कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । धनगढीमा एक व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकहरुले सोमबार लुटपाट गरेका हुन् ।

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares