Friday, April 26
Shadow

काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो


  • -इ
  • इ+

काठमाडौं , पुस १४ । काठमाडौंमा यो वर्षकै धेरै चिसो महशुस गरिएको छ । आज काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शनिबार बिहान १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । सोमबार बिहान २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंको मंगलबार दिउँसोको तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैबीच जुम्लामा सोमबार बिहानको तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares