Monday, June 29
Shadow

समाचार

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १६ नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । नेपाली कांग्रेस काठमाण्डौँले पनि एक कार्यक्रम गरि दिवस मनाएको छ । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोहि दिनको सम्झनामा कांग्रेसले आज देश भर उक्त दिवस मनाएको हो । काठमाण्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य किरण गिरीले मेलमिलापले नै देशको वर्तमान राजनितिलाई सुधार्न सक्ने बताए । नेकपामा मात्र नभई सबै राजनितिक दलमा मेलमिलापको भावना विकाश गर्नुपर्नेमा जोड दिए ।...
पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १६ पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्। बिहीबार मात्र ४ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।...
राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ वर्तवान परिस्थीतिको राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो रहेको पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार तेज तीर्थ ट्रस्टद्धारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । पूर्व राष्ट्रपति यादवले सरकारले गरेको संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् । यो कदमले देशलाई अनिश्चितताकोबाटोमा धकेलेको बताउँदै संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका छन् । २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए । ट्रस्टका अध्यक्ष तीर्थराम डं...
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । बिहीवार चारवटा राजनीतिक दल आबद्ध महिला संगठन र सांसदहरुले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी गराए । उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफू सधैँ समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिदै परामर्श गरिरहेको जानकारी गराए । ...
नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र 9लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् । फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने ...
हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १६ । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्र...
मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

ब्यानर समाचार, समाचार
काठमाडौँ , पुस १६ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै पुस १६ गतेका लागि तोकिएको पेसीमाथि आज सुनुवाइ हुन लागेको हो । गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधवार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीवारका लागि तोकिएको छ । संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरिएकाले अधिवक्ताहरू त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रतिनिधिसभा विघटनपछि कामचलाउ भइसकेको सरकारले संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेको रिटमा उल्लेख थियो । कोरो...
निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अनुसन्धानमा गडबडी गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय लिएको हो । कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याकाण्डपछि विष्ट बर्खास्त भएका थिए । प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्त भएका विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहाली माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट...
टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।...
विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख १० हजार ६१० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ५ करोड ८८ लाख ४५ हजार ६४३ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५० हजार ४२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २ लाख २ ह...