Monday, June 29
Shadow

समाचार

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार, समाज, स्वास्थ्य
काठमाण्डौं, पुष १७ रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।...
राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार देखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि हिजो बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताउनुभयो । राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिध...
राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १७ संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए। राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्। एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रम...
ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने

ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने

ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौ १७ ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने भएको छ । फोनपे/ईसेवाको तर्फबाट आइसिटी अवार्ड २०२० अन्तरगतका स्टार्टअप, प्रोडक्ट, इन्नोभेसन, राइजिङ स्टुडेन्ट र जुरी मेन्सन विधाका अवार्ड विजेताले २५ हजार बराबरको एपीआई इन्टिग्रेसन निःशूल्क पाउने भएका हुन् । यस वर्षको आइसिटी अवार्डको स्टार्टअप विधामा क्रिप्टोजेन नेपाललाई अवार्ड प्रदान गरिएको थियो । भने प्रोडक्ट विधामा सीपीएफडीएसलाई अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी राइजिङ स्टुडेन्ट विधामा सञ्चै छौं, इन्नोभेसन विधामा पाइला इमरजेन्सी रिससीएटर र जुरी मेन्सन विधामा हाम्रो स्वास्थ्यलाई अवार्ड प्रदान गरिएको थियो । सन् २०२० को आइसिटी अवार्डमा फोनपे पावर्ड पार्टनरको रुपमा रहेको थियो । भने ईसेवा पेमेन्ट पार्टनरको रुपमा रहेको थियो । गत शनिब...
जापानले बनायो समाउनै नपर्ने उड्ने छाता !

जापानले बनायो समाउनै नपर्ने उड्ने छाता !

समाचार
काठमाण्डौं, पुष १७ नेपालका संकटा चितवन लगायतका विभिन्न ठाउँमा रंगीचंगी छाता आकाशमा झुन्ड्याउने प्रचलन चलेको छ । मानिसहरु यसतर्फ आकर्षित पनि भएको देखिन्छ । काठमाडौंको संकटा, चितवन लगायतका ठाउँमा आकाशमा रंगीचंगी झण्डा झुन्ड्याएको देखिन्छ । जसले मानिसलाई त्यसतर्फ लोभ्याएको छ । तर जापानमा एक आइटी कम्पनीले आफैँ उड्ने अटोमेटिक छाता बनाएको छ । यहाँ छातालाई ड्रोनको सहायताले उडाइन्छ । वर्षाको समयमा होस या घाम लाग्दा मानिसले छाता समाएर हिँड्न नपर्ने प्रविधि उनीहरुले विकास गरेका छन् । उक्त कम्पनिले बनाएको छाता आवश्यकता पर्दा प्रविधिको प्रयोग गरी मान्छेको वरिपरि आफैँ ल्याउन सकिन्छ । यसलाई समाइरहन पर्दैन । पाँच किलो तौल भएको यो छाता पाँच मिनेटसम्म उड्न सक्ने कम्पनीले बताएको छ । यसको तौल बढी भएका कारण केही समस्या भएको तर यसलाइ चाँडै प्रयोगमा ल्याउने प्रयासमा रहेको कम्पनीको भनाइ छ ।...
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, समाचार
  काठमाण्डौँ, पुष १७ आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...
सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १६ । सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो। एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो। डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए। बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए...
किन गइरहेको छ झ्याप झ्याप बत्ती  ? प्राधिकरणले गर्यो यस्तो खण्डन

किन गइरहेको छ झ्याप झ्याप बत्ती ? प्राधिकरणले गर्यो यस्तो खण्डन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा झ्याप झ्याप बत्ती गइरहेको छ । यसरी बेला बेला बत्ती जाादा नेपाल विद्युत प्राधिकरणको आलोचना भइरहेको छ ।यता पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे प्राधिकरणले विज्ञप्ति मार्फत खण्डन गरेको छ । प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ । प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ पनि गरेको छ ।प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता...
माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १६ । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ । यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ । आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।...
१८ किलो अफिमसहित तीन पक्राउ

१८ किलो अफिमसहित तीन पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १६ । प्रहरीले १८ किलो लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।१८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए । ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए । उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ता...