Friday, April 19
Shadow

ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने


  • -इ
  • इ+

काठमाण्डौ १७

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने भएको छ । फोनपे/ईसेवाको तर्फबाट आइसिटी अवार्ड २०२० अन्तरगतका स्टार्टअप, प्रोडक्ट, इन्नोभेसन, राइजिङ स्टुडेन्ट र जुरी मेन्सन विधाका अवार्ड विजेताले २५ हजार बराबरको एपीआई इन्टिग्रेसन निःशूल्क पाउने भएका हुन् ।

यस वर्षको आइसिटी अवार्डको स्टार्टअप विधामा क्रिप्टोजेन नेपाललाई अवार्ड प्रदान गरिएको थियो । भने प्रोडक्ट विधामा सीपीएफडीएसलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी राइजिङ स्टुडेन्ट विधामा सञ्चै छौं, इन्नोभेसन विधामा पाइला इमरजेन्सी रिससीएटर र जुरी मेन्सन विधामा हाम्रो स्वास्थ्यलाई अवार्ड प्रदान गरिएको थियो । सन् २०२० को आइसिटी अवार्डमा फोनपे पावर्ड पार्टनरको रुपमा रहेको थियो । भने ईसेवा पेमेन्ट पार्टनरको रुपमा रहेको थियो ।

गत शनिबार सोल्टी क्राउन प्लाजामा ह्वावे आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न १२ विधिमा अवार्ड प्रदान गरिएको थियो । अवार्ड हिमालयन टेलिभिजन, डिशहोम, फेसबुक तथा युट्युबबाट प्रत्यक्ष प्रशारण भएको थियो ।

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन्

त्यस्तै नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई सेवा दिइरहेको छ । ईसेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

फोनपेले ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एपमार्फत सेवा प्रदान गर्दै आएको छ

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares