Friday, March 29
Shadow

राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,


  • -इ
  • इ+

राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार देखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि हिजो बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताउनुभयो ।
राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिधि सभा नै कुर्नुपर्ने हुन्छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।
प्रतिनिधि सभा विघटनको अवस्थामा भए पनि संवैधानिक सङ्कट टार्न राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । प्रतिनिधि सभा नभएकाले काम नभएमा राष्ट्रिय सभाको अधिवेशन लामो समय चल्न नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares