Monday, June 29
Shadow

समाचार

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्।...
पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौं, पुष १८ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको ज्यान गएकोे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो काट्दै गरेको बाघलाई शनिवार बिहान ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको राजमार्ग मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र मृत बाघलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । ठक्कर दिने सवारी र चालकलाई निकुन्जको ऐन अनुसार कारावाही गरिने बताईएको छ । बाघको पोष्टमार्टम चितवन राष्ट्रिय निकुन्जको टोली आएपछि मात्र गरिने छ । पथलैया देखि अमलेखगंज सम्मको सडकखण्डको राजमार्गमा बन्यजन्तुले सडक वारपार गर्ने क्रममा सडक दुर्घटनामा पर...
चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो। बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको चीनका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ। चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो। उक...
छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष १८ उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए । पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।...
प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

खेलकुद, समाचार
काठमाडौ, पुस १८ प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित २२ रन बनाउँदा रेवती धामीले १२ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ३ विकेट लिँदा सीता रानामगरले १ विकेट लिइन्। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योति पाण्डेले अभिजित रहँदै सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले १९ रन ब...
नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
  काठमाण्डौं, पुष १८ नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए । आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए । नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो। संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।...
सशस्त्र प्रहरीलाई थप जिम्मेवारी : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

सशस्त्र प्रहरीलाई थप जिम्मेवारी : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौं, पुष १८ सरकारले रेल्वे सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने निर्णय गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । पुस १० र पुस १५ मा बसेको मन्त्रपरिषद्को निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् । यस्ता छन् निर्णयहरुः रक्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ट सामान्य प्रशासन श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय...
सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । माइती नेपाल बर्दियाले सिमा नाकाबाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ । मानब बेचबिखन तथा ओसारपसारविरुद्धका क्रियाकलाप सञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरीदेखी डिसेम्बरसम्म एक वर्षको अवधिमा ८३ जनाको उद्धार गरेको जनाएको छ । सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जनाकारी दिइन् । भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको उनले बताइन् । एक वर्षको अबधिमा खोजतलास तथा उद्धारका लागि ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन् । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेप...
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १८ । विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।” पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन...
दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।...