Tuesday, June 30
Shadow

समाचार

सामर्थ्य नेपाल,नुवाकोटको निशुल्क पिउने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न

सामर्थ्य नेपाल,नुवाकोटको निशुल्क पिउने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न

समाचार, समाज
नुवाकोट, माघ १ नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा भएको गोरु जुधाईमा सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न गरेको छ । गोसाईकुण्ड युवा क्लबको आयोजनामा भएको उक्त कार्यक्रमा आयोजित निशुल्क शुद्ध पिउँने पानी तथा माक्स वितरणमा नारायणी शुद्ध पिउँने पानी उद्योगले पानी र काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको थियो । बेत्रावतीमा यस वर्ष ४ हल गोरु जुधाईएको छ ।...
कानूनविद् भन्छन् -प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन

कानूनविद् भन्छन् -प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ १ । विभिन्न कानूनविद्हरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताउनुभयो । संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रुपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधिश लालले बताउनुभयो । संविधानविद् डा। चन्द्रकान्त ज्ञवालीले संसदले सरकारको नीति, कार्यक्रम, बजेट सबै पास गरिदिएको साथै नेपालको नक्साको विषयमा संविधान संशोधन समेत गरिदिएको अवस्थामा प्रधानमन्त्री ओलीको संसदसंग विश्वास कायम रहेको बताउनुभयो । संविधानसभा सदस्य खिमलाल देवकोटाले नेपालको ...
नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

मुख्य समाचार, समाचार, समाज
नुवाकोट, माघ १ । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए । गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडा...
नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।...
अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए...
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा शुक्रबार सुनुवाइ हुने

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा शुक्रबार सुनुवाइ हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क ...
कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, माघ १ । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाए...
नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

मुख्य समाचार, समाचार, समाज
नुवाकोट , माघ १ । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ । चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो । ...
बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको हो । थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । बसमा ५ जना सवार रहेकोमा एक जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।...
मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ १ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिदै उन जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताएका छन् । उनले भनेका छन्, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।” तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन । सभामुखले सन्देशमा भनेका छन्, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाड...