Tuesday, March 19
Shadow

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने


  • -इ
  • इ+

काठमाडौं माघ २ । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल(भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् ।

भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ ।

नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड(१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ ।

भारतले नेपाललाई दिने कोभिड(१९ विरुद्धको खोप अनुदान पनि आजै घोषणा गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares