Tuesday, June 30
Shadow

समाचार

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जादै छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, उर्जा, सीमा विवाद र कोभिड सम्बन्धि सहयोग, लगानी, कृषि, पर्यटनलागायतका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीको यस भ्रमणका क्रममा सीमा विवाद बारे कुरा हुने बताएका थिए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीच...
आज माघे सङ्क्रान्ति मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

आज माघे सङ्क्रान्ति मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं ,माघ १ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे ९मकर० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्...
आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौं , माघ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ । यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको...
माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस: राष्ट्रपति भण्डारी

माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस: राष्ट्रपति भण्डारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरेकी छन् । माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् । उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।...
अकरम पठानद्वारा माघी पर्व‌को शुभकामना व्यक्त

अकरम पठानद्वारा माघी पर्व‌को शुभकामना व्यक्त

समाचार, समाज
२९ पुस , कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्तापठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।...
ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस २९ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ स् ०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २९ । गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक ९एसपी०लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसा मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल छन् । यस्तो छ सूची ...
साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । सिराहाबाट स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्। बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।...
निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए । प्रमुख थपलियाले भने, “म...
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार अर्को सुनुवाइ

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार अर्को सुनुवाइ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २९ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अर्को बहस शुक्रबार गर्ने निधो भएको छ । आजको सुनुवाइमा रिट निवेदकले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरेकोमा सरकारी पक्षले त्यसमा असहमति जनाएको छ । विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा।चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले माग गरेका थिए । पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने उनीहरूको माग छ । सरकारका प्रमुख कानूनी सल्लाहकार एवं महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुश...