Saturday, April 20
Shadow

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?


  • -इ
  • इ+

काठमाडौं , माघ २ । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए ।

बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बधाइ दिएको थियो भने कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहकार्यको विषयमा चर्चा भएको थियो । त्यस्तै नेपालले कोभिशिल्ड र कोभ्याक्सिन यथाशक्य छिटो उपलब्ध गराउन अनुरोध गरेको छ ।

बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उल्लेखनिय सफलतालाई समेत दुवैपक्षले स्वागत गर्दै अब सो पाइपलाइनलाई चितवन सम्म विस्तार गर्ने र सिल्गुरी देखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल चाल्ने निर्णय गरेको छ । विरगञ्ज र बिराटनगरमा हालै उद्घाटन गरिएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको समीक्षा गरिएको छ ।

भारतले नेपालमा दुई सांस्कृतिक योजना पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निमार्णका लागि अनुदानसहित सहयोग गर्न प्रस्ताव गरेको छ ।

बैठकमा नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै नेपाल९भारत संयुक्त आयोगको अर्को बैठक उपयुक्त समयमा नेपालमा बस्ने सहमति भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares