Thursday, March 28
Shadow

एमिकस क्युरीको सल्लाह : संबैधानिक इजलासमै न्यायाधिश थपौं


  • -इ
  • इ+

काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई भइरहेको छ । आजको बहस यो मुद्दा संबैधानिक इजलासमै सुनुवाई गर्नकी बृहत पूर्ण इजलासमा लैजाने भन्नेमै केन्द्रित भएको छ ।

बहसमा सरकार पक्षका वकिलले संविधानिक इजलासमै यस मुद्धाको सुनुवाई हुनुपर्ने धारणा राखेका छन् ।तर सर्वोच्चको माग अनुसार एमिकसमा परेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले भने संबैधानिक इजलासमै न्यायाधिश थप्न सकिने तर्क गरेका छन् ।

कार्कीले संबैधानिक इजलासमै न्यायाधिश थपेर सुनुवाई गर्नसकिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संबिधानको फ्रेमभन्दा बाहिर जान मिल्छ र? भनेर प्रश्न गरेका थिए । जवाफमा कार्कीले संबैधानिक इजलासमा न्यायाधिश थप्दा संबिधानको उलंघन नमानिने बताएका थिए ।

संबिधानले संबिधानको ब्याख्या गर्ने परिस्थिति उत्पन्न भएमा संबैधानिक इजलासको परिकल्पना गर्दै इजलासमा प्रधानन्यायाधिशसहित पाँच न्यायाधिश हुने व्यवस्था गरेको छ ।

यसअघि प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले यो मुद्धा संबैधानिक इजलासमै सुनुवाई हुनुपर्ने तर्क गर्दै बृहत पूर्ण इजलासमा पठाएमा पुस ८ गते प्रधानन्यायाधीशको एकल इजलासले यस मुद्धालाई संबैधानिक इजलासमा पठाउन गरेको निर्णयमाथि प्रश्न उठ्ने बताएका थिए ।

त्यस्तै प्रधानमन्त्रीकै तर्फबाट बहस हार्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संबिधानले नै संबैधानिक विवादको विषयको सुनुवाई गर्न संबैधानिक इजलासको व्यवस्था गरेकाले अन्य इजलासमा जान नहुने तर्क गरेका थिए ।

यस मुद्धालाई कुन इजलासमा सुनुवाई गर्ने भन्ने बहस अहिले पनि जारी रहेको छ ।

आजको संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares