Thursday, July 2
Shadow

समाचार

पश्चिमी वायुको प्रभाव अझै : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव अझै : वर्षा र हिमपातको सम्भावना

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै पनि नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाले जारी गरेको आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ । त्यसैगरी, रातिमा भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी ...
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको विशेष पूजाआजा आराधना गरी देशभर मनाइँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको विशेष पूजाआजा आराधना गरी देशभर मनाइँदै

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ, फागुन ४ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, ...
कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

समाचार, समाज
कपिलवस्तु फागुन ३। कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसो बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताको पैसा जनता सम्मा पुग्न यो राम्रो मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो । कृष्णनगर नगरपालिका वडा न। ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाको सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनु भयो । वडा कार्यालयको प्रङ्गणमा एक कार्यक्रम गरि ...
२० लाख डोज खोप ल्याउने सरकारको तयारी

२० लाख डोज खोप ल्याउने सरकारको तयारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । सरकारले कोभिड १९ विरुद्धको २० लाख डोज खोप खरिदका लागि तयारी अगाडि बढाएको छ । थप ४० लाख जनतालाई पुग्ने खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया र अन्य विभिन्न कम्पनीसँग जिटूजी प्रक्रियामार्फत प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा २० लाख डोज खोप भारतबाटै ल्याउने लक्ष्यका साथ सरकारले प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । कोभिड १९ विरुद्धको खोप पहिलो चरणको अभियान माघ १४ गते सुरु गरिएको थियो । दोस्रो डोज खोप भने फागुन २४ गतेबाट दिने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ‘दोस्रो डोज खोप दिन सुरु गर्दासम्म थप २० लाख डोज खोप ल्याइसक्ने’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालमा मार्चको पहिलो साता खोप आउने य...
कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

समाचार, समाज
चन्द्रौटा कपिलवस्तु । कृषि क्षेत्रमा आत्म निर्भर हुन युवा कृषकहरुलाई शिवराज नगरपालिका वडा न ३ ले वडाको बजेट वाट ४९ वटा घास काटने मेसिन ३ वटा सिचाईको लागि मोटर र ६ वटा धान काटने मेसिन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा सामाग्री वितरण गरेका थिए । वडा न ३ ले प्रत्येक वर्ष कृषिलाई प्रविधि मैत्री बनाउने भनि हाल सम्म वडा वाट ३० लाख रुपैया विनियोजन गरेको सापकोटाले बताए । वडा न ३ लाई प्रत्येक वर्ष कृषिमा अधारित कृषि प्रवधि युक्त सामाग्री वितरण गरि वडालाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटाले बताए । सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वडा न ३ ले किसानहरुको कृषकको आय आर्जनमा वद्धि गर्न सामाग्री वितरण आवश्यक रहेको बताए । कृषक र वडा कार्यालयको ६०र ४० को अवधारणामा सामाग्रि वितरण गरिएको हो । पालिका भित्र...
बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ३ । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् । दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
खोपको प्रभावकारिता ७८ प्रतिशत:  ढुक्क भएर लगाउन आग्रह

खोपको प्रभावकारिता ७८ प्रतिशत: ढुक्क भएर लगाउन आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , फागुन ३ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नास नरेन्द्र यादवलाई सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र बनाइदिए वापत ८ हजार घुस लिएपछि घुस रकमसहित बिभाग परिसरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । अख्तियारले घुस लेनदेनमा सहभागी लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत पक्राउ गरेको जनाएको छ । अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।...
संसद विघटनको मुद्दा : भोलिबाट ‘एमिकम क्युरी’को बहस शुरु हुने

संसद विघटनको मुद्दा : भोलिबाट ‘एमिकम क्युरी’को बहस शुरु हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलवारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुने भएको छ । आज विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै भोलिबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो । अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका छन् । भोलिबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि उक्त मुद्दाको फैसला आउनेछ । रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी स...
सरकारका तीन वर्ष पुरा : प्रधानमन्त्रीले आज ‘उपलब्धि’ सार्वजनिक गर्ने

सरकारका तीन वर्ष पुरा : प्रधानमन्त्रीले आज ‘उपलब्धि’ सार्वजनिक गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । .सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको थापाले जानकारी दिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो । प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ । सरकारका तीनवर्...