शिक्षा क्षेत्रमा सहयोग गर्ने बताउदै सांसद कनोडियाले भने- विद्यार्थीहरू देशका भविष्य हुन
कमलेश चन्द्र गुप्ता , कपिलवस्तु , ४ फाल्गुन । लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता एवम प्रदेश सांसद बिरेन्द्र कनोडिया ले विद्यार्थीहरू देशका भविष्य भएको बताउनु भएको छ। जनता माध्यमिक विद्यालय कृष्णनगर वार्ड नं। ६ करमा द्वारा सरस्वती पूजाको उपलक्ष्यमा आयोजित संस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै नेता कनोडियाले यस्तो बताउनु भएको हो। उहाँले बालबालिकाहरू माथि देश, समाज र परिवारको भविष्य टिकेको बताउनु भयो।
आज यो विद्यालयमा पढ़ने बालबालिकाहरूले भोली को दिनमा आफ्नो देश र समाजको नेतृत्व गर्ने उनले बताएका छन्। यही बालबालिकाहरू भविष्यमा नेता, सीडीओ, प्रहरी प्रशासन, प्रधनाध्यपक, अध्यापक, गायक, अभिनेता बंनने र आफ्नो परिवारको सुख समृद्धिमा अहम भूमिका हुने उनले बताएका थिए। शिक्षा क्षेत्रमा अफुलाई हुने सम्म सहयोग गर्ने बताउदै विद्यार्थीहरू सोशल साइन्सलाई सही तरीकाले सदउपयोग गरी आधुनिक पद्धातील...








