Tuesday, April 23
Shadow

दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने सल्यानका वडा अध्यक्षलाइ एक वर्ष कैद


  • -इ
  • इ+

काठमाडौं, फागुन ४ । बहु विवाहको अरोपमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिका–९का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाइलाइ जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ ।कैदसंगै उनालाइ थप १० हजार जरिवानाको फैशला भएको छ ।

जिल्ला अदालत सल्यानका न्यायाधिस कुल प्रसाद पाण्डेको इजलाशले वडा अध्यक्ष र उनी संग बहु विवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो ।

घरमा दुइवटा पत्नी र दुबै पत्नी तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडा अध्यक्षले स्थानीय महिलालाइ मंसिर ३ गते भगाएर सम्पर्क बिहिन भएका थिए ।लुकीछिपी बसी रहेको अवस्थामा प्रहरीले दुबैजनालाइ मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो ।

यस अघिनै वडाध्यक्ष कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका थिए ।उलले भने, ‘हामी लामौ समयदेखी प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि म बिहे गर्न बाध्य भए ।’

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares