काठमाडौं, फागुन ४ । बैतडीमा नेपाली काँग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगामुढा गर्दा नेपाली काँग्रेस नेता एवं एनपी साउदसहित काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।
सो सभामा काँग्रेस नेतृ डा। डिला संग्रौला र नैनसिंह महरलगायतको सहभागीता रहेको थियो ।
ढुंगामुडामा काँग्रेस नेता साउदलाई चोट लागेको छ ।