Saturday, April 20
Shadow

प्रधानमन्त्रीले लगाए कोरोनाको खोप


  • -इ
  • इ+

काठमाडौं, फागुन ४ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री कोस्टाले फाइजररबायोएनटेकको खोप लगाएका हुन् । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो ।

प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरिन् ।

त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिइन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares