Tuesday, April 23
Shadow

राजनिती

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् । कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।...
नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाडौ, मंसिर २८ नेपाली काँग्रेस धादिङ युवा संगठन तरुण दल र नेपाल विद्यार्थी संघले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस धादिङले धादिङबेसीमा सरकार विरुद्ध सोमबार गर्ने विरोध प्रदर्शनको पूर्व सन्ध्यामा काँग्रेस निकट यी दुई संगठनहरुले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका हुन् । पुछार बजारबाट निस्किएको मोटर साइकल र्याली सहितको सिठ्ठी जुलुस सोमबारको विशाल विरोध प्रदर्शनको तयारी सकिएको जनाउ भएको विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले बताए । काँग्रेसले धादिङबेसीमा मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्तिको विरुद्ध मंसिर २९ गते धादिङबेसीमा बृहत प्रदर्शन गरिने समेत अधिकारीले ...
‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ प्रगतिशील नेपाली समाज युएई संगठन गठन

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ प्रगतिशील नेपाली समाज युएई संगठन गठन

राजनिती, समाचार
जसिन्द्र श्रीपाली,काठमाण्डौँ, मंसिर २८ उत्पादन सहितको समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिस्ट आन्दोलन लाई निरंतरता दिनको लागि प्रगतिशील सोच र बिचार भएका सबै देश भक्त नेपालीहरु एक हौ भन्ने विचारका साथ युएईमा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रवास संगठनले जीवन दासको अध्यक्षतामा २९ सदस्यीय प्रगतिशील नेपाली समाज युएई गठन गरेको छ । विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्सवादका प्रवर्तक कार्ल माक्र्सको द्धिशवतवार्षिकीको विशेष सन्दर्भम पारेर २०७५ बैशाख २१ गते नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गरिएको थियो । विश्वभक्त दुलाल ‘आहुती’को संयोजकत्वमा ५१औ वैचारिक , राजनितिक तथा समाजवादी सदस्य समिति निर्माण गरेर यात्रा थालनि गरेको वैज्ञानिक समाजबादी नेपाल हाल देश भर र विभिन्न प्रबास...
प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा...
हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, मौसम, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २८ प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । ‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...
कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए । विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।...
राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...
प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, मंसिर २६ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर उनले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन्। लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघ...
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २५ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ...
अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, मंसिर २५ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र समीकरण बनाएर अन्तरविरोध थप नचर्काउन अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। पूर्वपार्टीभित्र रहेको अन्तरविरोधमा खेलेर समीकरण बनाउने, सरकार र पार्टीलाई अप्ठ्यारो पार्ने काममा नलाग्न ओलीले दाहालसँग आग्रह गरेका हुन्। नेकपाका यी दुई अध्यक्षबीच शक्ति संर्घष चर्किरहेका बेला बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घण्टा छलफल भएको थियो। यी दुई नेताबीच कात्तिक २५ यता खास छलफल भएको थिएन। यसअघि मंसिर २० मा बल्ल आधा घण्टा संवाद भएको थियो। ओलीले बुधबारको भेटमा दुई नेता मिलेर पार्टी एकताको हिम्मतिलो निर्णय लिएको स्मरण गराए। उनले दुई नेताले महाधिवेशनसम्म सहमतिका साथ नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। पार्टी बैठकको एजेन्डा दुई अध्यक्षको सहमतिमा तय गर्ने, त्यसलाई महासचिवले कार्यसूचीमा राख्ने र छलफल गर्ने, सहमति नभ...