Saturday, April 20
Shadow

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्।

आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवासमा पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए भने पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापासँग समेत कुरा गरेका थिए। त्यसपछि प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares