
काठमाण्डौँ, पुष १
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेताहरूले संसद्को विशेष अधिवेशन माग गरेका छन्। नेकपा सांसदहरु बैठकको माग गर्दै राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन्।
हस्ताक्षरसहितको निवेदन लिएर नेकपा सांसद भीम रावल, पम्फा भुसाल लगायतको टोली राष्ट्रपति कार्यालय पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल बीचको दूरी बढिरहेको बेलामा ओलीले एकलौटी अध्यादेश ल्याएपछि विवाद झन् बढिरहेको छ।
