Friday, April 17
Shadow

राजनिती

वामदेवले भने – सर्वोच्चको फैसला नआएसम्म म कुनै पक्षमा लाग्दिन, गृहमन्त्री थापा ओलीतिर नजिकिए

वामदेवले भने – सर्वोच्चको फैसला नआएसम्म म कुनै पक्षमा लाग्दिन, गृहमन्त्री थापा ओलीतिर नजिकिए

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ८ । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल पार्टीको कुनै पक्षमा पनि नखुल्ने संकेत गरेका छन्। आफूलाई भेट्न आएका निकट नेताहरुसँग गौतमले त्यस्तो जनाउ दिएका हुन्। पार्टीका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नुका साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसक्दा पनि गौतम कुनै पक्षतर्फ पनि सहभागी नभएपछि उनी निकटका नेताहरु बिभिन्न समूहमा उनलाई भेट्न गएका थिए। गौतमसँग मंगलबार र बुधबार भेट गरेका नेताहरुले उनले अझै पनि पार्टी एकता गराउन सकिन्छ की भन्ने झिनो आशा व्यक्त गरेको बताए। यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् । नेकप...
नेता थापा भन्छन् – सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ

नेता थापा भन्छन् – सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले यस्तो बताएका हुन् । उनले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने भन्दै संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताए । नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए । कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न पनि आग्रह गरे।  ...
संसद विघटन हुन सक्दैन: सभामुख सापकोटा

संसद विघटन हुन सक्दैन: सभामुख सापकोटा

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन हुन नसक्ने बताएका छन् । बुधबार विज्ञप्‍ति जारी गर्दै उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताए । यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’ सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीत...
संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, गर्यो यस्तो निर्णय

संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, गर्यो यस्तो निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा छलफल भएको बताएका छन् ।कांग्रेस केन्द्रीय समिति बैठकअघि कांग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे लगयतका नेताहरुको काठमाडौंको बत्तिसपुतलिमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । केन्द्रीय समिति ...
सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् । नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको बताइएको छ । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई ग...
नयाँ सरकार गठन हुन्छ संसद् ब्युँतन्छ: प्रचण्ड

नयाँ सरकार गठन हुन्छ संसद् ब्युँतन्छ: प्रचण्ड

राजनिती, सुचना प्रविधि
काडमाडौं ८ ओलीलाई कारबाही गर्दै छुट्टै केन्द्रीय समिति गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको समूहका तर्फबाट अध्यक्ष दाहाल संसदीय दलको नेता चयन भएका हुन् । । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेता भएपछि आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताएका छन् ।   ‘‘संसदीय दलको नेता सर्वसम्मत चयन भएको छु, पक्कै पनि यो ठूलो जिम्मेवारी हो र अत्यन्तै चुनौतीपूर्ण समयमा मैले यो जिम्मेवारी पाएको छु,’’ नेता चयन भएपछि दाहालले भने, ‘‘मेरो कोसिस नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जिवन्त राख्नेमा हुने छ ।’’ संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बत...
किन पुगे प्रचण्ड-नेपाल निर्वाचन आयोग ?

किन पुगे प्रचण्ड-नेपाल निर्वाचन आयोग ?

राजनिती
काठमाडौं, पुस ८- हाल विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दावी गर्दे पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्ष केन्द्रीय सदस्यको हस्ताक्षर सहिद निर्वाचन आयोगमा पुगेको छन। हिजो वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली को र अध्यक्ष प्रचण्ड पक्षको कार्की पार्टी प्यालेस बबरमहलमा छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक भनी बैठक गरिएको थियो। ओली पक्षले यसअघि निर्वाचन आयोगमा आधिकारीकताको लागी पत्र पठाइसकेको छ। प्रचण्ड-नेपाल पक्षले बहुमत हस्ताक्षर सहिद निर्वाचनमा पुगेको स्रोतले जनाएको छ।...
संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

ब्यानर समाचार, राजनिती, समाचार
लक्ष्मी तिवारी,काठमाण्डौँ, पुष ७ संसद बिघटनले संबिधानको मर्म माथि प्रहार भएको प्रति पुर्ब राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । यो संबैधानिक तथा राजनैतिक हिसाबले पनि नमिलेको र त्यसप्रति आफु एकदमै दुःखी भएको पुर्ब राष्ट्रपति यादवको भनाई छ । राष्ट्रको संबिधानलाई आघात पुग्ने गरी पटकपटक जारी भएर फेरी उहाले नै फिर्ता गरे पछि त्यही आध्यादेशलाई प्रयोग गरेर छोटो समयमा दुइ पटक बिघटन गर्ने प्रयास गर्नुभएको छ र त्यही कारणले राष्ट्रपतिको संस्था चुकेको हो । हालको संबिधानले कुनै अधिकार नदिएको र अन्तिम बिकल्पको रुपमा संसद बिघटन हुने कुरा पनि उहाले बताउनुभएको छ । संबिधानमा ब्यबस्था नभएको कुरा आफ्नो स्वच्छाले कसैले पनि गर्न नपाउने पनि उहाले बताउनुभयो । चुनाव भएको ३ बर्ष पुरा नहुदैँ अहिलेको समयमा चुनाब गर्नुको कुनै औचित्य नरहेको खुलासा गर्नुृभएको छ । राष्ट्रले पिडा भोगेको बेला चुनाब...
बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन्। उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दावी गरेका थिए। तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन्। मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए।...
नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ८ । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजेका लागि बैठक बोलाइएको छ ।संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको एक नेताले जानकारी दिए। पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र प्रचण्डलाई दलको नेता बनाउने तयारी गरेको एक नेताले बताए ।मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ । गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुई समूह आफूलाई...