Friday, April 26
Shadow

नेता थापा भन्छन् – सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ


  • -इ
  • इ+

काठमाडौँ, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले यस्तो बताएका हुन् । उनले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने भन्दै संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताए ।

नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए ।
कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न पनि आग्रह गरे।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares