Thursday, April 25
Shadow

वामदेवले भने – सर्वोच्चको फैसला नआएसम्म म कुनै पक्षमा लाग्दिन, गृहमन्त्री थापा ओलीतिर नजिकिए


  • -इ
  • इ+

काठमाडौं, पुस ८ । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल पार्टीको कुनै पक्षमा पनि नखुल्ने संकेत गरेका छन्। आफूलाई भेट्न आएका निकट नेताहरुसँग गौतमले त्यस्तो जनाउ दिएका हुन्।

पार्टीका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नुका साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसक्दा पनि गौतम कुनै पक्षतर्फ पनि सहभागी नभएपछि उनी निकटका नेताहरु बिभिन्न समूहमा उनलाई भेट्न गएका थिए।

गौतमसँग मंगलबार र बुधबार भेट गरेका नेताहरुले उनले अझै पनि पार्टी एकता गराउन सकिन्छ की भन्ने झिनो आशा व्यक्त गरेको बताए। यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ(आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल गएका थिएनन् । तर उनले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । त्यसपछि उनी आफूहरुको सम्पर्कमा आउन नचाहेको प्रचण्ड(माधव पक्षका एक नेताले बताए ।

स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो बरियता मागेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares