Tuesday, May 14
Shadow

राजनिती

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ११ कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् । विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, 'विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले...
हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संसद विघटनविरुद्ध बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक रुपमा संसद विटन गरेसँगै देश अस्थिरतामा जाने खतरा बढेको र मुलुमा स्थिरताका लागि हिन्दु राज्य र राजसंस्था आवश्यक रहेको भन्दै राप्रपा आन्दोलित बनेको हो । आज बिहान ११स्३० बजे बबरमहलबाट सुरु हुने मोटरसाइकल र्‍याली त्रिपुरेश्वर(न्यूरोड हुँदै दरबार मार्गस्थित राजा महेन्द्रको शालिकमा पुगेर कोणसभामा परिणत हुने छ। कोणसभालाई राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रीय सदस्य गोपाल पौडेलले बताए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको संयोजकत्वमा र्‍याली हुन लागेको हो। फाइल तस्बिर।...
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् ।...
पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् । शनिबार बिहान ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेर शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु । तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना ।’ पछिल्लो समय नेकपा पार्टी विभाजन भएपछि यति बेला विभिन्न राजनीतिक...
लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख  ?  : बाबुराम भट्टराई

लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? : बाबुराम भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेर पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले प्रश्न गरेकाछन्- ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो ? ओलीले यस्तो कदम सत्ता अकंटक चलाउने ध्येयले गरेको उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘ज्ञानेन्द्रले गरेको यै हैन ररु संविधानरलोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? ’...
नेकपामा विभाजनको असर प्रदेशमा  पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

नेकपामा विभाजनको असर प्रदेशमा पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

मुख्य समाचार, राजनिती
  काठमाडौं, पुस ११ संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ।नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन। बागमतीमा मुख्यमन्त्रीविरुद्ध ...
भारतीय गृहमन्त्री शनिबार नेपाल आउँदै , अचानक किन आउँदै छन् ?

भारतीय गृहमन्त्री शनिबार नेपाल आउँदै , अचानक किन आउँदै छन् ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १० । नेपालमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । यसरी पार्टी विभाजित भएपछि नेपालको राजनीतिमा नै उथलपुथल आएको छ । यहि समयमा भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउने भएका छन् । सत्तारुढ नेकपाको विवादले विभाजनको रुप लिइसकेपछि शाह शनिबार नेपाल आउन लागेका हुन् । उनी शनिबार एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ । भारतको सत्तारुढ पार्टीका अध्यक्ष शाहले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् भने उनले आइतबार पशुपतिाथको दर्शन गर्ने कार्यक्रम रहेको बताएको छ । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । उता, लामो समयदेखि शाहका स...
काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । काठमाडौँ उपत्यकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्। चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।...
यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)

यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।संसद विघटनपछि प्रचण्ड(नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गर्नुका साथै केही पुराना मन्त्रीहरु हेरफेर गरेका छन् । एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्।एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्। नयाँ मन्त्रीहरुको सूची १.टोपबहादुर रायमाझी (ऊर्जा) २. प्रभु साह (शहरी विकास) ३. मणि थापा (खानेपानी तथा सरसफाई) ४.प्रेम आले (वन तथा वातावरण) ५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला) ६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक) ७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार) ८. द...
कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । नेपाली कांग्रेसले १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।यसका लागि जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।...