Friday, April 26
Shadow

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


  • -इ
  • इ+

काठमाडौं , पुस ११ । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares