Sunday, April 19
Shadow

राजनिती

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १२ नेकपा का अध्यक्ष माधब कुमार नेपालले पार्टी फेरि एक भएर अगाडी बढ्न सकिने बताउनु भएको छ र यसका लागि प्रधानमन्त्री केपि ओली सच्चिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन सम्बन्धी निर्णयमा त्रूटि भयो भन्ने महसुस गर्नुहुन्छ भने हामी फेरि पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौ र उहाले अहिलेको लडाइ के पी ओलीसँग नभएर उहाले चालेका कदम, असंबैधानिक, अप्रजातान्त्रिक कदमको बिरुद्दमा हो भन्ने बिचार राख्नुभएको छ । अध्यक्ष नेपालले अहिले नेकपामा भइरहेको विवाद पदका लागि नभई बिधि पद्दति र बैचारिक रहेको प्रष्ट पार्नुभयो । नेपालले प्रधानमन्त्री के पी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदको प्रस्ताव आएको तर आफुले अस्विकार गरेको बताउनुभयो । अध्यक्ष नेपालले नेता तथा कार्यकतालाई बिचल्लित नपार्न सुझाब दिनुभएको छ ।...
संसद् विघटनपछि डरायाे गृहमन्त्रालय ,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय ,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती
काठमाण्डौँ, पुष १२ संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्रालयले परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। यस्तै अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताए । संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...
नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडान (Ca\ 437)बाट छङ्तु हुँदै काठमाडौं आइपुगेको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा बहुमतले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो न...
एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भन्नुभयो, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’ मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए। उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन...
संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, १२ पुस । संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहको परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताएका छन। संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...
प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

मुख्य समाचार, राजनिती
काठमाडौं, १२ पुस । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ ।आज बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...
प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् । केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् । यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली पक्षमा पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माध...
कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन :  नेता पौडेल

कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन : नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानवाद र लोकतन्त्र उपर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नरहेको बताएका छन् । शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताए । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो, विज्ञप्तिमा भनिएको छ । कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गरेको पौडेलको भनाइ छ । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गरेको थिए । पौ...
नेकपा विवाद असर :  प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

नेकपा विवाद असर : प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यता आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।...