Wednesday, April 24
Shadow

आन्दोलन होइन, अब सहमति आवश्यकः मन्त्री रायमाझी


  • -इ
  • इ+

काठमाडौं, पुस ११ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।

ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आन्दोलनबाट भन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे ।

उनले मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति सम्हाल्न आफू पनि सरकारमा आइपुगेको बताए । उनले भने, ‘जतिदिन सकिन्छ, सरकारलाई व्यवस्थित बनाउने काम म गर्नुे छु। बिग्रने थालेको राजनीतिलाई सिस्टममा ल्याउन म पनि पहल गर्ने छु।’

आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो । कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ ।

कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायतले प्रधानमन्त्री ओलीको बचाउ गर्दै संसद विघटनमा जानु उनको बाध्यता भएको बताएका थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares