Tuesday, April 23
Shadow

प्रधानमन्त्रीको विरोध गरेर काठमाडौँ गएर मन्त्री बनेका चौधरीको उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन


  • -इ
  • इ+


काठमाडौँ, पुष ११
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो ।

निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै उनले निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए ।

लामो समय दाहाल-नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares