Friday, April 19
Shadow

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ११
कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् ।

विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares