Friday, April 19
Shadow

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक


  • -इ
  • इ+

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् ।

उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको  बताए ।

उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्व स्वीकृति प्रदान गर्ने, पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्ये एक हो ।

कोभिडको समयलाई कटौती गर्ने हो भने तुलनात्मक रुपमा समयमा नै सम्पन्न भएको आयोजनाको रुपमा रहेको छ । यो आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यथेस्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।’

मन्त्री पौडेलले भने– ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय र अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’  सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares