Friday, April 17
Shadow

राजनिती

प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज  बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।...
लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । आज ८७ जना प्रदेश सभा  सदस्यमध्ये केहीले मातृभाषा  शपथग्रहण गर्दे छन् । यसरी  शपथग्रहण गर्नेमा  जनमत पार्टीका   र  जसपाका  रहेका छन् । संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी , चन्द्रकेश गुप्ता , कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन् । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । त्यसको सम्पूर्ण तयारी  पुरा भएको सचिव पुनले जानकारी दिए । ...
भाषण कम र सेवा धेरै  :  प्रधानमन्त्री दाहाल

भाषण कम र सेवा धेरै : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बाँकी जीवन विकास र सुशानका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्...
बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
लेखक - गौरी दवाडी , नेपाली काङ्ग्रेस वाग्मती प्रदेश समिति सदस्य २००७ फागुन ७ गते राजा त्रिभुवनले राष्ट्रको नाममा दिएकाे सम्बाेधनले राणामा रहेकाे शासन शत्ता राज शाहीमा स्थानानतरण भयाे । याे प्रजातन्त्र हाे भन्न कांग्रेस बाध्य भयाे। राणा शाशनबाट मुक्त भएर प्रजातन्त्र स्थापना गर्ने काग्रेशकाे रणनीति अन्तर्गत आन्दोलन त्यतिबेला कमजाेर भयाे, जतिबेला राजामा अधाेषित सार्बभाैम शत्ता निहित गरेर श्री ३ माेहन शमशेर राणाकाे प्रधानमन्त्रीत्वमा कांग्रेस सहितको मन्त्री मण्डल बन्याे । २००७ सालकाे दील्ली सम्झाैताले नेपालमा तीन राज्यशक्तिकाे स्थापित गरिदियाे राजा, राणा र कांग्रेस । १०४ बर्ष शासनशत्ता भाेग गरेकाे राणा वंशाणुगत दुई शताब्दी देखि पुजिदै आएकाे राजा र भरखराै आनदाेलन गरेर जन्मेको कांग्रेस । राजा र राणा शत्ताधारी सगाेत्रीय पक्ष गाेरखा परिषद र राजाकाे अन्तरसमन्वय हुना साथै काङ्ग्रेसको शक्ति क...
केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा :  राप्रपा

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।...
ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले लिए शपथ बागमती प्रदेशमा

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले लिए शपथ बागमती प्रदेशमा

ब्यानर समाचार, राजनिती
काठमाडौं- बागमती प्रदेशका ७३ वर्षिय ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सां...
सरकारमा सहभागिताबारे छलफल गर्न  बैठक बस्दै  :  राप्रपा

सरकारमा सहभागिताबारे छलफल गर्न बैठक बस्दै : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाज
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ। यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।...
पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।...
प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।” नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या ...
प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।...